भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु, २१ वर्षीय युवक पक्राउ

0 Shares

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १-०२-००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १-०२-०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा सहिदभूमी गाउपालिका १ का २५ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए ।

घाइते राईको बराहक्षेत्र १ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

मृतकको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ । ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका ३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार