0
Shares
काठमाडौं । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् । बुधबार मध्यान्न साढे ११ बजेतिर ब्यारेककै पंखामा झुण्डिएको अवस्थामा प्रहरी जवान निशा चौधरी मृत फेला परेकी हुन् ।
प्रहीका अनुसार बर्दिया घर भएकी चौधरी ११ बजेसम्म डीयूटी गरेर ब्यारेकमा फर्किएकी थिइन् । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।