महिला टी २०आई शृंखलामा नेपालको लगातार तेस्रो हार

0 Shares

काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग लगातार तेस्रो हार ब्यहारेको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाली टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रनमा रोकियो । नेपालका लागि इन्दू वर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन जोडिन् । सीता राना १० रनमा नटआउट रहँदा नेपालले १४ रन अतिरिक्तमा पायो ।

यो हारसँनै नेपाल यो सिरिजबाट बाहिरिएको छ ।

सम्बन्धित समाचार