0
Shares
काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका ७ कुइनेकी एक महिलामाथि बाघले आक्रमण गरेको छ । छाउगोठमा सुतिरहेको अवस्थामा उनीमाथि बाघले आक्रमण गरेको हो ।
४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो । पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ ।
बिकलाई अहिले उपचारका लागि लम्की लैजाने तयारी गरेको प्रहरीले जनाएको छ । उनको अवस्था भने खतरामुक्त छ ।