0
Shares
सुनसरी । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालय दुई दिन बन्द गरिने भएको छ ।
केही दिनयता चिसो र शीतलहर बढेपछि माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए ।
उनले भने, “मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।”