0
Shares
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने मंगलबार अपराह्न रुपन्देही पुगेका छन् ।
सुप्रिम सहकारीको बचत रकम अपचलनको मुद्दा दायर भएपछि अदालतमा उपस्थित हुन रवि मंगलबार भैरहवा गएका हुन् । रास्वपा स्रोतका अनुसार भोलि (बुधबार) उनी अदालत हाजिर हुनेछन् ।
जिल्ला अदालत रूपन्देहीमा लामिछानेसहित २२ जनाविरूद्ध मुद्दा दायर भएको छ। लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
यस्तै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पनि मुछिएका उनी त्यहाँ पनि ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।