सभापोखरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

0 Shares

काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ ।

आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एक-एक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

उनका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरू भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयबासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार