काठमाडौँ । चन्द्रागिरि नगरपालिका ३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भएको छ । यही पुस २६ मा चक्कु प्रहारबाट दाङकी २७ वर्षीय सरु मगर घाइते भएकी छन् ।
चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । उनले सरुलाई विदेशबाट पैसा पठाउने गरेको प्रहरीलाई बयान दिएका छन् ।
साउदीबाट फर्केर सम्पर्क गर्दा सरुले ‘चिन्दिनँ’ भनेपछि चक्कु प्रहार गरेको आरोपीले बयानमा भनेका छन् । ‘सरुसँग पहिलादेखि नै चिनजान थियो । मैले विदेशबाट पैसा पनि पठाइरहेको थिएँ,’ बयानमा
घाइते सरुलाई सुरुमा सतुङ्गलस्थित मेड प्वाइन्ट अस्पतालमा लगिएको थियो । मेड प्वाइन्टले रिफर गरेपछि उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
आरोपीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।