अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

0 Shares

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीले ज्यान गुमाएका छन्। स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजे भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा पोखरीमा कार खसेको थियो।

मृत्यु हुनेमा चालक ५५ वर्षीय कर्ण खड्का र उनका नातेदार २० वर्षीय निश्चल भट्ट रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाले लेखेको छ ।

खड्का सोही स्थानको एक होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई होटलमा काम लगाइदिने भनेर लगेका थिए । कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर पोखरीमा खसेको थियो ।

अत्यधिक चिसो मौसम र उद्धारमा पनि ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार