0
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार बिहानै शक्तिशाली भूकम्प धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुन्धान केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार तिब्बतमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। उनले थप जानकारी आउन बाँकी भएको जानकारी दिए।
बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको अधिकांश स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प गएसँगै काठमाडौं उपत्यकाका जनता सडकमा निस्किएका थिए।