काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकको गिरावट भएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अंकले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो ।
कारोबारमध्ये ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटक खरिद बिक्री हुँदा तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ
लघुवित्त समूह दुई दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ७५ र व्यापार समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४५ र अन्य समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।
गुर्खाज फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेण्ड लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्य नौ दशमलव ३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ०८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १९ करोड ५२ लाख ९७ हजार १५१ बराबरको कारोबार भएको छ ।