0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ ।
बैठकमा छलफल जारी रहेकाले ठोस निर्णय हुन बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताए । सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुखसमेत रहेका महरा पक्राउ परेका थिए ।
महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट छलफल भएको प्रवक्ता सापकोटाले जनाए । ‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ, हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ, बैठकले कुनै निष्कर्ष भने निकालेको छैन,’ उनले भने ।
सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए । बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने वा कसरी जाने भन्नेबारे छलफल केन्द्रित भएको थियो ।