भ्रष्टाचार गर्ने कर्मचारीदेखि जनप्रतिनिधिविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेलगायत विरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुले स्थानीय लखनदेही खोलामा तटबन्ध निर्माण नगरी आर्थिक अनियमितता गरेको पाइएपछि आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले हरिपुर नगरपालिका नगर कार्यपालिका कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय नइन्द्रकुमार पौडेल, इञ्जिनियर रञ्जित साह र सबइञ्जिनियर सञ्जीव चौधरीविरुद्ध ८५ लाख १८ हजार बिगो दाबी गरिएको छ ।

यसैगरी, आयोगले हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्ले, सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, वडा नं १ का तत्कालीन वडाध्यक्ष कुमार लामाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ ।

यसैगरी, नदी नियन्त्रण उपभोक्ता समिति हरिपुर १ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि ८५ लाख १८ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार