0
Shares
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख २५ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ रहेको थियो ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य एक हजार ५३० रुपैयाँमा कारोबार भइरहेको छ ।