सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने- अध्यक्ष ओली

0 Shares

कञ्चनपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन् ।

एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्दै उनले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ ? भन्ने कुरा स्पष्ट पार्ने बताए ।

“हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रुपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ,” अध्यक्ष ओलीले भने, “यसको मापन निर्वाचन परिणामबाट हुन्छ, यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।”

उनले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने दाबी गरे । उनले भने, “मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसित सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ ।”

सम्बन्धित समाचार