0
Shares
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला बदर हुनु पर्ने माग राखेको छ । उक्त मुद्दा बदर गर्नु पर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति स्वरुप पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त सजाय कम भएको भन्दै पुनरावेदन गर्न निवेदन दिएको हो ।
लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ परेका थिए ।