भोजपुरमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु, यी हुन् मृतक र घाइतेहरू

0 Shares

काठमाडौं । सुनसरीको इटहरीबाट धरान हुँदै भोजपुरको चुहार हिँडेको को १ ज २५९३ नम्बरको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

सुनसरीबाट भोजपुर हिँडेको बोलेर उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा चालक इटहरी नगरपालिका १६ सुनसरीका ४२ वर्षीया मानबहादुर बस्नेत, भोजपुरा हतुवागडी २ का ७० वर्षीया पर्वतमाया राई, हतुवागडी २ का २३ वर्षीया चन्द्रप्रकाश राई, सोही स्थानका ६ महिने बालक दिसांग राई, हतुवागडी ९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवागडी ५ का ३० वर्षीया रामकुमारी राई र सुनसरी इटहरी बस्ने अन्दाजी ४० वर्षीया कमला अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा हतुवागडी ५ का किसन राईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारीअनुसार दुर्घटनामा घाइते भएकाको सुनसरीको धरानस्थित घोपा क्याम्पमा उपचार भइरहेको छ । घाइते हुनेमा विशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री कटवाल, सुशील परियार, कुलाबुंग राई र निकिता कटवाल रहेका छन् ।

घाइतेमध्ये शान्तिकालाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको ६ महिनाको बालिकाको भने घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटना भएको जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीे जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ ।

सम्बन्धित समाचार