0
Shares
काठमाडौँ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा कार्तिक महिनामा दर्शन गर्न ६१ हजार १७३ जना पुगेका छन् । पाथीभरा दर्शनका लागि कार्तिक महिनामा स्वदेश तथा भारतका तीर्थयात्री बढी मात्रामा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।
असोज महिनामा वर्षा र बाढीका कारण तीर्थयात्री प्रभावित भएका थिए । तर, कर्तिकमा पाँचथरको हेवाखोलाको डाइभर्सन सञ्चालनमा आएसँगै सडकयात्रा सहज भएकाले उल्लेख्य मात्रामा तीर्थयात्री पुगेका हुन् ।
तीर्थयात्री बढेसँगै फोहोर व्यवस्थापन गर्न शनिबार वृहत सरसफाई अभियान सञ्चालन भएको थियो । जसमा काफ्लेपाटीदेखि मन्दिरसम्मको पाँच किलोमिटर क्षेत्र सरसफाइ सम्पन्न भएको छ ।
समितिका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागीतामा १३५ जनाले शनिबार बिहानैदेखि सरसफाइ गरेका थिए ।