0
Shares
सुर्खेत । रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।
काठमाडौँबाट रुकुमपश्चिम आठविसकोट नगरपालिका राडीतर्फ आउँदै प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार आठविसकोटको रिठा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।