पश्चिमी वायूको प्रभाव सामान्य, तराईमा हुस्सु

0 Shares

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव हुने प्रक्षेपण गरिएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा हुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ । देशको तराई भू–भागका केही स्थानहरूमा बाक्लो हुस्सु÷कुहिरो लागेको अवस्था महाशाखाको भनाई छ ।

शनिबार दिउँसो ː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ मंसिर ०२ गते (आईतबार) दिउँसोː कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातीː कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

सम्बन्धित समाचार