0
Shares
काठमाडौं ।दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा सवार ७ जना घाइते छन् ।
शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए । मृतकको सनाखत हुन बाँकी छ । उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ ।