0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । रूपन्देहीमा तीन दिनसम्म चलेको बयान आज सकिएको हो ।
पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेले पहिलो दिन मौखिक प्रश्नको जवाफ दिएका थिए । दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफ दिए । जसमा उनले सहकारी ठगीमा संलग्नता अस्वीकार गरेका छन् ।
उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहकारी ठगीमा संलग्न नभएको जनाएका थिए । उनलाई आजै पोखरा पठाइने भएको छ ।
विगत २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरी हिरासतमा रहेका उनलाई कास्की प्रहरी कार्यालयमा राखिएको थियो । उनलाई मंगलबार रूपन्देही लगिएको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।