एमालेलाई जग्गादान विरुद्धको रिटमा आज सुनवाइ नहुने

0 Shares

काठमाडौँ । एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सोमबार पेशी तोकिए पनि सुनुवाइ नहुने भएको छ।

न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पान्डेको संयुक्त इजलासमा तोकिएको पेशी हेर्न नमिल्ने भएर स्थगित भएको छ। यसअघि एमालेलाई जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।

विवादास्पद व्यक्तिले दिएको दान लिनु गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न माग गरेर अधिवक्ता ज्ञानबहादुर बस्नेतसमेतले रिट दायर गरेका थिए।

सम्बन्धित समाचार