मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री पार्टीबाट निलम्बित

0 Shares

काठमाडौँ । मानव तस्करीको आरोप लागेका नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन हुने भएको छ ।

एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै तहमा नहुने गरी निलब्न गरिएको जानकारी दिइएको छ ।

विज्ञाप्तिमा भनिएको छ, ‘नेकपा एमाले अविचलित रुपमा कानूनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नु भएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सावैजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछ छ ।’

मन्त्री अधिकारी मन्त्रिपरिषदबाट स्वीकृत नगराई जापानको भ्रमणमा निस्केका थिए । यस क्रममा उनीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको हो ।

सम्बन्धित समाचार