३० जना बोकेको फोर्स दुर्घटना, पाँच जनाको मृत्यु हुँदा २५ घाइते

0 Shares

काठमाडौँ । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर १४ राता नाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन ।

दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काले दुर्घटनाका घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको बताए ।

उक्त गाडीमा ३० जना सवार थिए । गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

सम्बन्धित समाचार