0
Shares
काठमाडौँ । ठूलो लगानीमा निमार्ण सम्पन्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा करिब दुई वर्षमा दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।
विं.सं. २०८० असार ६ गते पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको हो । लामो समयसम्म विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।
पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीलाई लिएर सिचुवान एयरलाइन्सकै जहाज पोखरामा अवतरण गरेको हो । जहाजमा १२० जना यात्रु सवार थिए ।