0
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।
राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजा अर्चना गरेका हुन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविताले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ दान गरेका थिए ।
राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरे ।
यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजा स्थलमा पुगेर छठी माताको पूजा आराधना गरे । उनी गुह्वेश्वरी र कमलपोखरीको पूजा स्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गरेका थिए ।