0
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले ट्विटमार्फत ऐतिहासिक जित हासिल गरेको भन्दै ट्रम्पलाई बधाई दिँदै दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरे ।
उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।