काठमाडौँ आउँदै गरेको बस दुर्घटना

0 Shares

काठमाडौँ । काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको छ । पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बुधवार बागलुङको निसिखोला ६ जाउलेपानीमा दुर्घटना भएको हो ।

करिब ४० जना यात्रु बोकेको बसको ब्रेकफेल भई करिब एक सय मिटर पछाडि गएर पल्टेको हो । अहिले प्रहरी चौकी निसिखोलाको प्रहरी टोली घटना स्थल गइरहेको छ ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि लगिएको अस्पताल लगिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

सम्बन्धित समाचार