प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । उनको सचिवालयका अनुसार उनलाई भाइरल ज्वरो भएको हो ।

अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको छ । सोमबार साँझदेखि ज्वरो आएपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको छ ।

प्रधानमन्त्रीले ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष बितेसँगै कतिपयले मिर्गौलामा समस्या आएको आंशका गरेका थिए । तर, उनको मिर्गौलाले राम्रोसँग काम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका छन् । यस समयमा उनले भेटघाट कार्यक्रम बन्द गरेका छन् ।

सम्बन्धित समाचार