भ्लगर रतन कार्कीलाई नेपाल ल्याउँदै प्रहरी, यस्तो छ आरोप

0 Shares

काठमाडौँ । जापानमा बस्ने भ्लगर रतन कार्कीलाई पक्राउ गरी नेपाल ल्याउने तयारी भएको छ । उनले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गरेका थिए ।

कार्तिक १४ गते दशरथ रङ्गशालामा सम्पन्न साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिए । सोही समयमा जापानमा बस्ने कार्कीले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ बताएका थिए ।

विद्यार्थी भिसामा जापान पुगेका कार्कीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । टोकियोमा बस्ने उनलाई प्रहरीको साइबर ब्युरोले निगरानीमा राखेको प्रहरीले जनाएको छ ।

कार्कीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको साइबर ब्युरोले जनाएको हो । उनले भिडियोमा भनेका थिए, ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ, म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ, बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ प्रहरीले उनको यो भनाइ प्रधानमन्त्री ओलीमाथि लक्षित भएको आशंका गरेको छ ।

सम्बन्धित समाचार