सहकारी ठगी आरोपी रवि र छविलाई अदालत लैजाँदै

0 Shares

काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालतमा उपस्थित गराउने भएको छ ।

सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक रहेका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

तिहार बिदाको बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।

लामिछाने कात्तिक २ गते साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो ।

सम्बन्धित समाचार