0
Shares
काठमाडौँ । पर्साको बहुदरमाई नगरपालिकामा बेपत्ता एक किशोरीको शव फेला परेको छ । ती किशोरी दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजीमा कुमारी सहनी मृत अवस्थामा भेटिएकी हुन् । रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । शनिबार दिउँसो पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटना भवितव्य हो वा हत्या ? त्यसबारे प्रहरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृत भेटिएकी सहनीको शव पोस्टमार्टम गर्न नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।