तिहार मान्न घर जाँदा दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

0 Shares

काठमाडौँ । नुवाकोटको लिखु गाउँपालिका ६ छहरेमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका ३ का ३५ वर्षीय विनोद चौलागाईको मृत्यु भएको हो ।

दुर्घटनामा तादी ३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनी ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको उनले बताए । उनीहरू तिहार मान्न घर जाँदै थिए ।

सम्बन्धित समाचार