भिरबाट कार खस्दा एक जनाको मृत्यु, अर्को यात्रुको अवस्था गम्भीर

0 Shares

काठमाडौँ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका ९ भञ्ज्याङको भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगर ६ का ४५ वर्षीय कर्णबहादुर थापाको लमही अस्पतालमा उपचारका लागि लगेसँगै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगर ७ झुमरे चोक निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटना भएलगत्तै प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाएको थियो ।

सम्बन्धित समाचार