गृहमन्त्री लेखकको भने- धनराजमाथि पनि कारबाही हुन्छ

0 Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । आफ्नै पार्टी उपसभापति गुरुङमाथि अनुसन्धान हुने उनको भनाइ थियो ।

बुधबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले तथ्य प्रमाणका आधारमा कारबाही हुने भन्दै गुरुङमाथि अनुसन्धान हुने बताएका हुन् ।

‘धनराज जीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ, यदि तथ्य प्रमाणले उहाँले गैर कानूनी काम गरेको देखियो भने,’ उनले भने ।

सहकारी ठगी प्रकरणमा पूर्वमन्त्री तथा कांग्रेस नेता गुरुङको नाम पनि मुछिएको छ । तर, उनीमाथि कुनै कारबाही भएको छैन ।

 

सम्बन्धित समाचार