0
Shares
काठमाडौँ । म्याग्दीमा विं.सं. १९४४ मा स्थानीय प्रविधि र स्रोत साधन प्रयोग गरेर मंगलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मत सम्भार भएको छ ।
मर्मत सम्भार गरेपछि पुल नयाँ जस्तै देखिएको छ । प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो ।
एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।