0
Shares
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको बस खरिपाटीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश-३-०१-००६ ख ०३१२ नम्बरको बस अनियन्त्रित भई खम्बामा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीका अनुसार घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।