बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

0 Shares

काठमाडौँ । दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगर ३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना भएको छ ।

राप्ती लोकमार्गअन्तर्गत सडकमा भएको दुर्घटनामा गाडी चालकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृत्यु हुनेमा गाडी चालक दंगीशरण गाउँपालिका ४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

प्रहरीका अनुसार गाडी सडकदेखि तीन सय मिटर तल खसेको छ । गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

सम्बन्धित समाचार