0
Shares
काठमाडौँ । चितवन जाँदै गरेको भ्यान धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।
बागमती प्रदेश ०१-०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ । काठमाडौँबाट मनकामना दर्शनका लागि जाँदै गरेको भ्यान रिजर्भ गरिएको थियो ।
दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।