0
Shares
काठमाडौँ । गत असोज ११ र १२ गते परेको वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गमा आजदेखि २४ सै घण्टा सवारी साधन चलाउन पाइने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै आजदेखि २४ सै घण्टा धुलिखेल–भकुण्डेबेसी सडक खण्डमा सवारी साधन चलाउन सकिने जानकारी दिएको हो ।
बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारी साधन दुईतर्फी सञ्चालनमा आएको छ । तर, चौकीडाडा-बर्खेखोलासम्म बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म राति १० घण्टा सवारी साधन चलाउन बन्द गरिएको थियो ।
उक्त खण्डमा सुख्खा पहिरो तथा खोला बगरमा ट्रयाक भएको, तथा विभिन्न स्थानमा सडक साघुरो भएकाले सडक बन्द गरिएको थियो ।