0
Shares
उसले समाज हेर्यो
अनि आफ्नो मस्तिष्कमा
एउटा सानो चित्रण गर्यो ।
मन्दिर देवी देवताको बास स्थल हो,
त्यसैले मानिस मन्दिर जान्छ ।
उसले मन्दिर जाने सबै भक्तजनलाई
पाहुना घोषणा गर्यो,
र, बोल्यो
अर्काको बास स्थानमा धरै पाहुना नलागौँ
किनकि पाहुना कहिले काँही लाग्दा रमाइलो हुन्छ
धेरै समय बित्दा नमज्जा हुन्छ ।
घरको पूजा कोठामा
देवी देवता हुँदा
किम्बदन्तीको आधारमा
देवी देवता प्रकट भएका ठाउँमा
मन्दिर बनाएर
पुनः त्यही ठाउँमा आउलान् भन्ने भ्रम
चिर्न आवश्यक देख्यो,
किनकि शास्त्रले हरेक ठाउँमा
भगवान हुन्छन् भनेको छ
अनि मन्दिरमा देखेर
अन्य ठाउँमा नदेख्ने हुन
किन जाने मन्दिर
पाहुना लाग्न ?
अर्जुन दाहाल
(गौरादह ३, झापा)