0
Shares
काठमाडौँ । भारतबाट नेपाल आएको भिस्तारा एअरको विमानमा बम रहेको हल्ला चलेसँगै प्रहरी, नेपाल आर्मीलगायत सुरक्षा निकायले अनुसन्धान सुरु गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमान पार्किङ वेमा रहेकाले उडान-अवतरण नियमित रहेको जनाएको छ ।
भिस्टाराको उडान नम्बर ‘यूके १५५’ को जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको स्रोतले जनाएको छ ।
बमको हल्ला आएको र अहिले सुरक्षा टोली विमानस्थलमा पुगेको प्रहरीले जनाएको छ । नेपाली सेनासहितको सुरक्षा निकायले जहाजमा जाँच गरिरहेको छ ।