आज पाँच प्रदेशको केही भागमा वर्षा हुने, अरु स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण मधेस, बाग्मती र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार