0
Shares
काठमाडौँ । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगर २ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको मृत्यु भएको हो ।
आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
चौधरीकी भाउजु आँसीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेको देखेपछि प्रहरीलाई खबर गरेको बताइन् । प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।