सबैभन्दा भ्रष्ट केपी ओली हुन्– रवि लामिछाने

0 Shares

काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भ्रष्टको संज्ञा दिएका छन् ।

यस्तै, अदालतमा जाने क्रममा उनले ओलीमाथि आफूलाई जस्तै गरी अनुसन्धान गरे सबैभन्दा भ्रष्टका रुपमा देखा पर्ने दाबी गरे ।

यस्तै, उनले केपी ओलीको सरकार रहिरहे देशले धेरै दुःख पाउने दाबी गरेका थिए । आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनी प्रधानमन्त्रीमाथि खनिएका हुन् ।

‘अधिनायकवादी सरकारविरुद्ध यही बेलामा देशैभरीबाट जोजो जहाँजहाँ हुनुहुन्छ, मेरा लागि होइन देशका लागि बाहिर निस्कनु पर्ने बेला आउन सक्छ,’ उनले भने, ‘म सबैलाई अपिल गर्न चाहन्छु, सम्पूर्ण न्यायप्रेमी दाजुदभाइ दिदीबहिनीहरू यो सरकार रहुन्जेलसम्म उसले यस्तै हर्कत गरिरहन्छ ।’

लामिछाने शुक्रबार राजधानीबाट पक्राउ परेका थिए । उनलाई सूर्यदर्शन सहकारी ठगीसम्बन्धी उजुरीमा अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी कार्यालय कास्कीसमक्ष जिम्मा लगाएको थियो ।

सम्बन्धित समाचार