0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेसँगै कार्यकर्ताहरूले एक रुपैयाँ उठाउने अभियान चलाएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै चन्दा उठाउने अभियान थालेको हो । भाटभटेनीका साहु मीनबहादुर गुरुङले एमालेलाई एक अर्ब मूल्य पर्ने जग्गा दिँदै पार्टी कार्यालय बनाइदिने भनेपछि रास्वपाले चन्दा उठाउन अभियान थालेको हो ।
आफू प्रधानमन्त्री हुँदा सरकारले मुद्दा चलाएको व्यक्तिसँग अर्बौं दान लिने तर आफ्नो पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने भन्दै रास्वपाका नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् ।
उनीहरूले लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै काठमाडौँ, पोखरासहित देशभर प्रदर्शन गरेको छ ।