नवलपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ घाइते

0 Shares

काठमाडौँ । नवलपुरको कावासोती १ बालुवाडाँडामा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका छन् ।

शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७-००१ ज ००२० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अुनसार दुर्घटनामा परी एक जनाको मृत्यु हुँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित समाचार