मध्यरातमा पोखरा पुगेका रविले भने- बाटो हेर्न सडक मार्गबाट आएँ

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सडक मार्ग हेर्नका लागि पोखरा आउँदा आफूले सडक मार्ग रोजेको बताएका छन् ।

सूर्य दर्शन सहकारीको बचत हिनामिनामा मुछिएको भन्दै शुक्रबार प्रहरीले पक्राउ गरेसँगै लामिछानेलाई शुक्रबार राति नै पोखरा लगिएको थियो । पोखरा आउँदा सडक रोज्नुको कारण बाटो हेर्नका लागि भएको उनको भनाइ थियो ।

सडकबाट किन आउनु भयो ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘बाटो हेर्नु पर्‍यो भनेर आएको ।’ पोखरा पुगेसँगै सबैभन्दा पहिले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

लामिछानेलाई इमरजेन्सी वार्ड लैजाँदा उनकी पत्नी निकिता पौडेल र रास्वपाका नेता कार्यकर्ताहरू सँगै गएका थिए । उनलाई भोलि मात्रै अदालतमा उपस्थित गराउने भएको छ ।

सम्बन्धित समाचार