नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी

0 Shares

काठमाडौँ । आश्विन शुक्ल पक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ ।

मान्यजनबाट टाढा हुने आफन्त विजया दशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् । आफन्त टाढा हुनेका लागि बडा दशैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर हो ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजया दशमीदेखि चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजन कहाँ टीका लगाउन गइरहेका देखिन्छन् ।

बडा दशैँको सार्वजनिक बिदा आजसम्म भएकाले पनि टीका र आशीर्वाद थाप्न मानिसहरु हिँडिरहेका छन् । मैगलबारदेखि सरकारी कार्यालय खुल्ने भए पनि नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम बुधबार अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ ।

कोजाग्रत पूर्णिमा भने कात्तिक १ गते बिहीबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

सम्बन्धित समाचार